धारा विद्युत र चुम्बकत्व

धारा विद्युत र चुम्बकत्व

  1. धारा विद्युत भनेको के हो? धारा विद्युत नाप्ने उपकरण र एकाइलेख्नुहोस्।
  2. दैनिक जीवनमा धारा विद्युत कुन कुन काममा प्रयोग हुन्छ? कुनै चार उदाहरणहरु दिनुहोस्।
  3. धारा विद्युतको असर भनेको के हो?
  4. धारा विद्युतको ताप असर भनेको के हो? उदाहरण सहितलेख्नुहोस्।
  5. हिटिङ इलेमेन्ट भनेको के हो? प्रायः यो कुन धातुको बनाइन्छ?
  6. नाइक्रोम तार नै हिटिङ इलेमेन्टको रूपमा प्रयोग गरिनुको दुई कारणहरु लेख्नुहोस्।
  7. टङ्स्टेन धातुको तार हिटिङ इलेमेन्टको रूपमा प्रयोग नगर्नुको कारण के हो?
  8. धारा विद्युतको प्रकाश असर भनेको के हो? उदाहरण सहित लेख्नुहोस्।
  9. फिलामेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया सचित्र व्याख्या गर्नुहोस्।
  10. फिलामेन्ट भनेको के हो? यो कुन धातुको बनाइन्छ?
  11. बिजुलीको चिममा टङ्स्टेन धातुकै फिलामेन्ट प्रयोग गरिनुको दुई कारण लेख्नुहोस्।
  12. बिजुलीको चिममा नाइक्रोम धातुको फिलामेन्ट प्रयोग गरेमा के हुन्छ?
  13. फिलामेन्टबाट विद्युत प्रवाह हुँदा तातेर उज्यालो हुन्छ तर अन्य तारबाट त्यस्तो हुँदैन, किन?
  14. बिजुलीको चिमभित्र निष्क्रिय ग्याँस भर्नुको कारण के हो?
  15. बिजुलीको चिमभित्र हावा शुन्य बनाइएको हुन्छ, किन? हावा भरे के हुन्छ?
  16. बिजुलीको चिमभित्र पुर्ण शुन्य बनाएमा के हुन्छ?
  17. फ्लोरसेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया सचित्र व्याख्या गर्नुहोस्।
  18. फिलामेन्ट बत्ती र फ्लोरसेन्ट बत्ती बीच चार फरकहरु लेख्नुहोस्।
  19. फिलामेन्ट बत्तीको तुलनामा फ्लोरसेन्ट बत्तीका दुई मुख्य फाइदाहरु लेख्नुहोस्।
  20. 40W को फिलामेन्ट बत्ती र 40W को फ्लोरसेन्ट बत्ती मध्ये फ्लोरसेन्ट बत्तीबाट बढी उज्यालो प्राप्त हुन्छ, किन?
  21. कुनै 4 ओटा विद्युत चुम्बकीय उपकरणहरुको नाम लेख्नुहोस्।
  22. विद्युत घण्टीले कसरी कार्य गर्छ? सचित्र व्याख्या गर्नुहोस्।
  23. विद्युत घण्टीको उपयोगिता लेख्नुहोस।
  24. डाइनामो भनेको के हो? यसको उपयोगितालेख्नुहोस्।
  25. बाइसाइकल डाइनामोले कसरी कार्य गर्छ? सचित्र व्याख्या गर्नुहोस्।
  26. गुडिरहेको साइकल क्रमशः बिस्तारै र छिटोछिटो गतिमा गुडाउँदा बल्बको उज्यालोपनामा के परिवर्तन हुन्छ? किन?
  27. गुडिरहेको साइकल एक्कासि रोक्दा यसबाट उत्पन्न हुने उज्यालो के हुन्छ?

किन?

  1. गुडिरहेको साइकलबाट उत्पादित विद्युतको मात्रा बढाउन के गर्नुपर्छ?
  2. जेनेरेटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  3. जेनेरेटरले कसरी कार्य गर्छ? संक्षेपमा व्याख्या गर्नुहोस्।
  4. डाइनामो वा जेनेरेटरबाट उत्पादित विद्युतको मात्रा वृद्धि गर्ने कुनै 4 उपायहरू लेख्नुहोस्।
  5. डाइनामो र जेनेरेटर बिच दुई फरक लेख्नुहोस्।
  6. स्वतन्त्र रुपले चल्न सक्ने गरि चुम्बकीय क्षेत्रमा राखिएको सुचालक तारमा विद्युत प्रवाह गर्दा उक्त तारमा चाल उत्पन्न हुन्छ, किन? उक्त चाललाई के भनिन्छ?
  7. विद्युत मोटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  8. जेनेरेटर र विद्युत मोटर बिच दुई फरक लेख्नुहोस्।
  9. इन्भरटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  10. चार्जर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  11. ट्रान्सर्फमर भनेको के हो? यसको बनोट चित्रसहित वर्णन गर्नुहोस्।
  12. ट्रान्सर्फमर कहाँ र किन प्रयोग गरिन्छ?
  13. ट्रान्सर्फमर कति प्रकारको हुन्छ? ति के के हुन?
  14. स्टेप अप ट्रान्सर्फमर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  15. स्टेप डाउन ट्रान्सर्फमर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
  16. स्टेप अप ट्रान्सर्फमर र स्टेप डाउन ट्रान्सर्फमरको बनोटको बीचमा दुइटा फरक लेख्नुहोस्।
  17. ट्रान्सर्फमरले डि. सी. भोल्टेज परिवर्तन गर्न सक्दैन, किन?
  18. ट्रान्सर्फमरको कोर भनेको के हो? यो लेमिनेसन गरिएको हुन्छ, किन?
  19. ट्रान्सर्फमरमा इनपुट र आउटपुट भोल्टेज फरकफरक तर इनपुट र आउटपुट शक्ति बराबर कसरी सम्भव हुन्छ?
  20. “ट्रान्सर्फमरको आविष्कार नभएको भए विज्ञानले यति धेरै विकास गर्न सक्ने थिएन।” स्पष्ट पार्नुहोस्।
  21. ट्रान्सर्फमरमा प्राइमरी क्वाइल संख्या र सेकेन्डरी क्वाइल संख्या कहिल्यै पनि बराबर बनाईदैन, किन?
  22. 220V को लाइनबाट 12V को रेडियो बजाउनु छ। यदि प्रयोग गरिएको ट्रान्सर्फमरमा 1500 प्राइमरी फन्काहरु छन भने सेकेन्डरी फन्काको संख्या पत्ता लगाउनुहोस्।
  23. विद्युत प्रयोग गर्दा अपनाउनुपर्ने कुनै 4 सुरक्षाका उपायहरू लेख्नुहोस्।
  24. अर्थिङ्ग भनेको के हो? धेरै विद्युत उपकरणहरुमा अर्थिङ्ग गरिएको हुन्छ, किन?
  25. स्विचलाई लाइभ तारसँग जोड्नुपर्छ, किन?
  26. फ्युजलाई लाइभ तारसँग जोड्नुपर्छ, किन?
  27. विद्युत खपत भनेको के हो? यसको एकाइ के हो?
  28. 1 युनिट (KWh) भनेको के हो?
  29. 1 युनिट विद्युत खपतमा कति जुल (J) हुन्छ?
  30. ग्रार्हस्थ विद्युतीकरणमा खपत हुने विद्युत युनिट कसरी पत्ता लगाइन्छ?
  31. 2KW का तिन हिटर दैनिक 3 घण्टा, 60W का 4 ओटा फिलामेन्ट बत्ती र 40W को 2 ओटा टेलिभिजन दैनिक 6 घण्टा प्रयोग गर्दा दैनिक कति विद्युत खपत हुन्छ? प्रति युनिट रु. 7.50 तिर्नुपर्छ भने मासिक कति तिर्नुपर्ला?
  32. CFL को पुरा रुप लेख्नुहोस्। लोडसेडिङ अन्त्यका लागि यसको महत्त्व लेख्नुहोस्।

Leave a Reply