You are currently viewing अम्ल, क्षार र लवण (Acid, Base and Salt)

अम्ल, क्षार र लवण (Acid, Base and Salt)

1) अम्ल भनेको के हो? अम्लका कुनै चार उदाहरणहरु दिनुहोस्।

2) स्रोतका आधारमा अम्ल कति प्रकारका हुन्छन्? प्रत्येकको एक एक उदाहरण सहित लेख्नुहोस्।

3) आयोनाइजेसन गर्ने क्षमताका आधारमा अम्ल कति प्रकारका हुन्छन्? प्रत्येकको एक एक उदाहरण सहित लेख्नुहोस्।

4) सल्फुरिक अम्ल (H2SO4) लाई कडा अम्ल र एसिटिक अम्ल (CH3COOH) लाई नरम अम्ल भनिन्छ, किन?

5) कागती, सुन्तला, भोगटे, स्याउ, अमिलो दुध र भिटामिन-C मा पाइने अम्लहरुको नाम लेख्नुहोस्।

6) अम्लका कुनै चार भौतिक गुणहरु लेख्नुहोस्।

7) अम्लका कुनै चार रासायनिक गुणहरु लेख्नुहोस्।

8) HCl लाई किन अम्ल भनिन्छ?

9) पानीमा HCl राखेपछि पानी विद्युतीय सुचालक बन्छ, किन?

10) कुनै वस्तु अम्ल हो वा होइन भनी परीक्षण गर्ने कुनै दुई ओटा तरिका लेख्नुहोस्।

11) क्षार भनेको के हो? क्षारका कुनै चार उदाहरणहरु दिनुहोस्।

12) अल्काली भनेको के हो? अल्कालीका कुनै चार उदाहरणहरु दिनुहोस्।

13) आयोनाइजेसन गर्ने क्षमताका आधारमा क्षार/अल्काली कति प्रकारका हुन्छन्? प्रत्येकको एक एक उदाहरण सहित लेख्नुहोस्।

14) क्षार/अल्कालीका कुनै चार भौतिक गुणहरु लेख्नुहोस्।

15) क्षार/अल्कालीका कुनै चार रासायनिक गुणहरु लेख्नुहोस्।

16) NaOH लाई किन अल्काली भनिन्छ?

17) सोडियम हाइड्रोअक्साइड (NaOH) लाई कडा अल्काली र एमोनियम हाइड्रोअक्साइड (NH4OH) लाई नरम अल्काली भनिन्छ, किन?

18) सवै अल्काली क्षार हुन् तर सवै क्षार अल्काली होइनन्, किन?

19) क्षार र अल्काली एक आपसमा कसरी फरक छन्?

20) म्याग्नेसियम रिबनलाई कसरी अल्काली बनाउन सकिन्छ? प्रतिक्रिया सहित लेख्नहोस्।

21) किन पानीलाई अम्ल तथा क्षार दुवै मानिन्छ?

22) लवण भनेको के हो? लवणका कुनै चार उदाहरणहरु दिनुहोस्।

23) अम्लीय रेडिकल र क्षारीय रेडिकल बिच दुई फरक लेख्नुहोस्।

24) लवण कति प्रकारका हुन्छन्? प्रत्येकको एक एक उदाहरण सहित लेख्नुहोस्।

25) तटस्थ लवण भनेको के हो? कुनै दुई उदाहरणहरु दिनुहोस्।

26) अम्लीय लवण भनेको के हो? कुनै दुई उदाहरणहरु दिनुहोस्।

27) क्षारीय लवण भनेको के हो? कुनै दुई उदाहरणहरु दिनुहोस्।

28) हाईड्रेटेड लवण भनेको के हो? कुनै दुई उदाहरणहरु दिनुहोस्।

29) लवणका कुनै चार गुणहरु लेख्नुहोस्।

30) Na, Mg, Al, K, Ca र Ba धातुका लवणको रङ कस्तो हुन्छ?

31) Cr, Mn, Fe, Co, Ni र Cu धातुका लवणको रङ कस्तो हुन्छ?

32) निराकरण प्रतिक्रिया भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।

33) कमिला र मौरिले टोक्दा छालामा कुन अम्ल जान्छ?

34) ग्यास्ट्रीक हटाउन कुन क्षार प्रयोग गरिन्छ?

35) हाम्रो भान्सामा प्रयोग गरिने तिन तिन ओटा अम्ल, क्षार र लवणका नाम लेख्नुहोस्।

36) निम्न अम्लहरुको एक एक उपयोगिता लेख्नुहोस्।

क) सल्फ्युरिक अम्ल

ख) हाइड्रोक्लोरिक अम्ल

ग) नाइट्रीक अम्ल

घ) कार्बोनिक अम्ल

ङ) एसिटिक अम्ल

37) निम्न क्षार/अल्कालीहरुको एक एक उपयोगिता लेख्नुहोस्।

क) सोडियम हाइड्रोअक्साइड

ख) म्याग्नेसियम हाइड्रोअक्साइड

ग) पोटासियम हाइड्रोअक्साइड

घ) क्याल्सियम अक्साइड/ क्विक लाइम

ङ) क्याल्सियम हाइड्रोअक्साइड/ स्लेक्ड लाइम

च) क्याल्सियम हाइड्रोअक्साइड/ लाइम वाटर

ङ) एमोनियम हाइड्रोअक्साइड

38) निम्न लवणहरुको एक एक उपयोगिता लेख्नुहोस्।

क) सोडियम क्लोराइड

ख) सोडियम कार्बोनेट

ग) सोडियम बाइकार्बोनेट

घ) क्याल्सियम सल्फेट

ङ) फेरस सल्फेट

च) कपर सल्फेट

छ) जिङ्क सल्फेट

ज) एमोनियम क्लोराइड

झ) एमोनियम सल्फेट

This Post Has 2 Comments

  1. Aasa kumari

    Answer aaudaina leko

  2. Ajaya kumar Yadav

    Where is answer plz

Leave a Reply