Contact: (977) 9819267790
उर्जा (Energy)

उर्जा (Energy)

1) प्रयोगका आधारमा उर्जा (Energy) का स्रोतहरु कति प्रकारका छन्, ति के के हुन्?
2) उर्जाको अनविकरणिय स्रोत भनेको के हो ? कुनै 4 उदाहरणहरु दिनुहोस्।
3) उर्जाको नविकरणिय स्रोत भनेको के हो ? कुनै 4 उदाहरणहरु दिनुहोस्।
4) कोइलालाई उर्जाको अनविकरणिय स्रोत भनिन्छ, किन?
5) जलविद्युतलाई उर्जाको नविकरणिय स्रोत भनिन्छ, किन?
6) सुर्यलाई उर्जाको प्रमुख स्रोत मानिन्छ, किन?
7) जीवावशेषमा भएको उर्जा सौर्य शक्तिको उपज हो, कसरी?
8) वायु उर्जालाई सौर्य उर्जाको उपजका रूपमा लिन सकिन्छ, किन?
9) सुर्यमा हाईड्रोजन र हिलियम कति कति प्रतिशत छ?
10) सुर्यको सतह र केन्द्रमा औसत तापक्रम कति कति छ?
11) पृथ्वीको प्रतिवर्ग मिटर क्षेत्रफलमा औसतमा कति सौर्य शक्ति प्राप्त हुन्छ?
12) जीवावशेष उर्जा भनेको के हो ? कुनै 4 उदाहरण दिनुहोस्।
13) कोइला र खनिज तेललाई जीवावशेष इन्धन भनिन्छ, किन?
14) सबैभन्दा उच्च स्तरको कोइलाको नाम के हो?
15) कच्चा तेल (Crude Oil) प्रशोधन गरि के के प्राप्त गरिन्छ?
16) अलकत्रा कसरी प्राप्त हुन्छ ? यसको उपयोगिता लेख्नुहोस्।
17) जीवावशेष उर्जाको फाईदा लेख्नुहोस्।
18) हाम्रो देशको कुल जलविद्युत उत्पादन क्षमता कति छ?
19) नेपालकालागि जलविद्युत शक्तिलाई अत्यन्तै उपयुक्त शक्तिको स्रोत मानिन्छ, किन?
20) जलविद्युतको उत्पादन र प्रयोग संसारभरि व्यापक बन्दै गएको छ, किन?
21) कोइला र खनिज तेल भन्दा जलविद्युतको प्रयोग बढाउनु पर्छ, किन?
22) उर्जाका वैकल्पिक स्रोत भनेको के हो? पृथ्वीमा उर्जाका वैकल्पिक स्रोतहरुको खोजी गर्न आवश्यक भएको छ, किन?
23) वर्तमान परिपेक्षमा उपयुक्त उर्जाका वैकल्पिक स्रोतहरुको कुनै 4 उदाहरण लेख्नुहोस्।
24) जैविक उर्जा (Bio-fuel) भनेको के हो ? यसका कुनै 4 फाईदाहरु लेख्नुहोस्।
25) बायोमास (Biomass) भनेको के हो?
26) बायोमास उर्जा भनेको के हो?
27) गोबर ग्याँस प्लान्ट निर्माण गर्न सरकारले सहयोग र सहुलियत दिंदै आएको छ, किन?
28) न्युक्लियर उर्जा भनेको के हो? न्युक्लियर उर्जा उत्पादन गर्ने 2 फरक पद्धति के के हुन?
29) न्युक्लियर फ्युजन र न्युक्लियर फिसन प्रक्रिया बिच 4 फरक लेख्नुहोस्।
30) न्युक्लियर फिसन प्रक्रियाद्वारा कसरी विद्युत बिकास गरिन्छ ? प्रष्ट पार्नुहोस्।
31) E = mc2 सुत्र कसले प्रतिपादन गरेका हुन ? यस सुत्रमा E, m र c को अर्थ के के हो?
32) ज्वारभाटा उर्जा भनेको के हो ? यस प्रक्रियामा कसरी विद्युत बिकास गरिन्छ?
33) ज्वारभाटा उर्जा नेपालमा संभव छैन, किन?
34) वायु उर्जा भनेको के हो ? यसलाई बहुउपयोगी उर्जाको रूपमा लिने गरिन्छ, किन?
35) वायु उर्जाद्वारा विद्युत कसरी बिकास गरिन्छ?
36) जियोथर्मल उर्जा भनेको के हो?
37) भुकम्प र ज्वालामुखी सक्रिय रहने क्षेत्रमा प्रतिकिलोमिटर गहिराईमा कति तापक्रम बढ्छ? तापक्रम बढ्ने अवस्था सामान्य क्षेत्रमा के हुन्छ?
38) सौर्य उर्जा भनेको के हो ? यसको कुनै 4 उपयोगिता लेख्नुहोस्।
39) नेपालमा उर्जा संकट समाधान गर्न सौर्य उर्जा लाई राम्रो विकल्पको रुपमा लिन उपयुक्त हुन्छ, किन?
40) उर्जा संकट भनेको के हो?
41) विश्वले निकट भविष्यमै उर्जा संकट निम्तिन सक्छ, किन?
42) विश्वमा उर्जा खपतको वर्तमान अवस्था के छ?
43) उर्जा संकट निराकरण गर्नका लागि अपनाउन सकिने प्रमुख 3 उपायहरु लेख्नुहोस्।
44) हाम्रो भान्सामा प्रयोग गरिने LPG ग्याँसलाई गन्ध आउने बनाउन कुन रसायन मिसाइएको हुन्छ ? गन्ध आउनुको के महत्व छ?
45) न्युक्लियर प्रक्रियाद्वारा  1.2 Kg पिण्ड भएको वस्तु  पुर्णरुपमा शक्तिमा रुपान्तरण हुँदा कति जुल शक्ति प्राप्त हुन्छ?

उर्जा पाठका महत्वपूर्ण विषयवस्तु तलको भिडियोमा हेर्न सक्नुहुन्छ।

Leave a Reply