Contact: (977) 9819267790
बल (Force)

बल (Force)

1) बल (Force) भनेको के हो? बलका प्रमुख 3 असरहरु लेख्नुहोस्।

2) पृथ्वी केन्द्रित सिद्धान्त भनेको के हो?

3) हेलियोसेन्ट्रीक सिद्धान्त भनेको के हो?

4) न्युटनको विश्वब्यापी गुरुत्वाकर्षणको नियम लेख्नुहोस्।

5) गुरुत्वाकर्षण बल भनेको के हो? गुरुत्वाकर्षण बल लाई असर पार्ने प्रमुख 2 तत्वहरु लेख्नुहोस्।

6) समुन्द्रमा ज्वारभाटा उठ्छ, किन?

7) गुरुत्वाकर्षण बलको प्रभाव ठोस बस्तुमा भन्दा तरल बस्तुमा बढी पर्छ, किन?

8) गुरुत्वाकर्षण स्थिर अंक ( अचर ) भनेको के हो? यसको मान कति हुन्छ? यसको एकाइ लेख्नुहोस्।

9) गुरुत्वाकर्षण अचर (G) लाई गुरुत्वाकर्षण अचर भनिन्छ, किन ?

10) कस्तो अवस्थामा गुरुत्वाकर्षण बल(F) र गुरुत्वाकर्षण अचर(G) बराबर हुन्छ ? सिद्ध गर्नुहोस्।

11) सर्वप्रथम G को मान कसले र कहिले मापन गरेका थिए?

12) गुरुत्व बल भनेको के हो ? गुरुत्व बलको शुत्र र एकाई लेख्नुहोस्।

13) पृथ्वीको गुरुत्व बलको कुनै  4 असरहरु लेख्नुहोस्।

14) पृथ्वीको भन्दा बृहस्पतिको पिण्ड निकै बढी 319 गुणा छ तर गुरुत्व बल केवल 2.5 गुणा मात्र बढी छ, किन?

15) पृथ्वी लाई खाँदेर चन्द्रमा जत्रो बनाईयो भने यसको गुरुत्व बलमा के फरक पर्छ?

16) पृथ्वीमा 2 मिटर उफ्रन सक्ने मानिस चन्द्रमामा कति उफ्रिन सक्ला, किन?

17) गुरुत्व प्रवेग भनेको के हो? यसको सुत्र र एकाई लेख्नुहोस्।

18) गुरुत्व प्रवेगको दिशा कता हुन्छ? किन?

19) गुरुत्व प्रवेगको मान ग्रह वा उपग्रहको अर्धब्यासको बर्ग संग ब्युतकर्मानुपातिक हुन्छ भनी सिद्ध गर्नुहोस्।

20) पृथ्वीको स्थान अनुसार गुरुत्व प्रवेग (g) को मान फरक पर्छ, किन?

21)  गुरुत्व प्रवेगको मान पृथ्वीको निरीक्ष, ध्रुव र औसतमा कति कति हुन्छ?

22) गुरुत्व प्रवेगको मान तराईमा बढी हुन्छ कि हिमालमा, किन?

23) पृथ्वीको केन्द्रमा गुरुत्व प्रवेगको मान कति हुन्छ?

24) पृथ्वीको सतहमा कहाँ गुरुत्व प्रवेगको मान सबभन्दा कम हुन्छ, किन?

25) चन्द्रमाको गुरुत्व प्रवेग कति हुन्छ?

26) पृथ्वीमा 100 केजी उठाउन सक्ने भारत्तोलक चन्द्रमामा कति उठाउन सक्ला ? हिसाब गरि देखाउनुहोस्।

27) ग्यालिलियोले पिसाको ढल्केको टावरमा कहिले गुरुत्व प्रवेग सम्बन्धि परिक्षण गरेका थिए ? उक्त परिक्षणको नतिजा के निस्कियो?

28) सिक्का र प्वाँख सम्बन्धी प्रयोगको निष्कर्ष के हो?

29) पृथ्वीमा सिक्का र प्वाँख समान उचाई बाट एकैसाथ खसाल्दा कुन छिटो जमिनमा पुग्छ? किन? यहि प्रयोग चन्द्रमामा गरिएको भए के हुन्थ्यो?

30) पिण्ड भनेको के हो? बस्तुको पिण्ड के के कुरामा निर्भर गर्छ?

31) पिण्ड र तौल बिच  4 फरक लेख्नुहोस्।

32) स्वतन्त्र खसाई भनेको के हो?

33) के पृथ्वीमा स्वतन्त्र खसाई सम्भव छ ? उपयुक्त उदाहरण दिनुहोस्।

34) तौलबिहिनता भनेको के हो ? बस्तु तौल बिहिन हुने 2 अवस्था लेख्नुहोस्।

35) दुईवटा पिण्डलाई 2 मिटर टाढा राख्दा 2N गुरुत्वाकर्षण बल उत्पन्न हुन्छ भने 4 मिटर टाढा राख्दा कति गुरुवाकर्षण बल लाग्ला ? हिसाब गरि पत्ता लगाउनुहोस्।

36) पिण्ड स्थिर राखी दुरी दोब्बर पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ ? हिसाब गरि पत्ता लगाउनुहोस्।

37) पिण्ड स्थिर राखी दुरी आधा पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ ? हिसाब गरि पत्ता लगाउनुहोस्।

38) दुरी स्थिर राखी प्रत्येक वस्तुको पिण्ड दोब्बर पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ ? हिसाब गरि पत्ता लगाउनुहोस्।

39) सुर्य र पृथ्वीको पिण्ड क्रमशः  2×1030 Kg  र 6×1024 Kg छ । तिनीहरु बिचको केन्द्रीय दुरी 1.5×108 Km छ भने तिनीहरुबिचको गुरुत्वाकर्षण बल कति हुन्छ?

40) बृहस्पतिको पिण्ड 1.9×1027 Kg र अर्धव्यास 71×106 Km छन् भने बृहस्पतिको गुरुत्व प्रवेग कति हुन्छ? 80 Kg पिण्ड भएकोे वस्तुको तौल बृहस्पतिमा कति हुन्छ?

41) पृथ्वीको अर्धव्यास 6300 Km र सगरमाथाको उचाई  8848 m छ। यदि पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान 9.8 m/s2 छ भने सगरमाथाको टुप्पोमा गुरुत्व प्रवेगको मान कति  हुन्छ? 45 Kg पिण्ड भएकोे वस्तुको तौल सगरमाथाको टुप्पोमा कति हुन्छ?

42) पृथ्वीको अर्धव्यास 6300 Km र सगरमाथाको उचाई  8848 m छ। यदि सगरमाथाको टुप्पोमा गुरुत्व प्रवेगको मान 9.77 m/s2 छ भने पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान कति  हुन्छ? 78 Kg पिण्ड भएकोे वस्तुको तौल सगरमाथाको टुप्पोमा कति हुन्छ?

This Post Has One Comment

  1. Answer pani diyeko vaye ramro hunthyo ki

Leave a Reply