Contact: (977) 9819267790
ताप (Heat)

ताप (Heat)

1) तापशक्ति भनेको के हो? तापशक्ति नाप्ने उपकरणको नाम र एकाइ लेख्नुहोस्।

2) वस्तुमा भएको ताप (Heat) को परिमाण कुन कुन कुराहरूमा निर्भर रहन्छ?

3) तापका कुनै 4 उपयोगिताहरु लेख्नुहोस्।

4) ठोस पदार्थलाई ताप दिइयो भने पग्लन्छ, किन?

5) दुवै हातका हत्केलाहरु आपसमा रगड्दा तातो महसुस हुन्छ, किन?

6) साइकलको ट्युबमा हावा भर्दा पम्प तात्छ, किन?

7) एक क्यालोरी भनेको के हो ? एक क्यालोरी बराबर कति जुल हुन्छ?

8) तापक्रम भनेको के हो ? तापक्रम नाप्ने उपकरणको नाम र एकाइ लेख्नुहोस्।

9) जाडो याममा कुवाको पानी न्यानो लाग्छ, किन?

10) गर्मी याममा माटाको घैंटोमा राखेको पानी चिसो हुन्छ, किन?

11) बतास किन चल्छ ? यसको दिसा दिउसो र रातिमा भिन्नभिन्न हुन्छ, किन?

12) तातोपानी र चिसोपानी मिसाएमा मिश्रणको तापक्रम फरक हुन्छ, किन?

13) ताप र तापक्रम बिच 4 फरक लेख्नुहोस्।

14) एक बाल्टी पानी र बलिरहेको सलाइको काँटी मध्ये कुनमा तापशक्ति र कुनमा तापक्रम धेरै हुन्छ ? कारण दिएर लेख्नुहोस्।

15) थर्मोमिटर भनेको के हो ? यो कुन सिद्धान्तमा आधारित भई बनाइन्छ?

16) थर्मोमिटरमा प्रयोग गरिने तरल पदार्थहरु पारो र अल्कोहलको विशेषताहरु लेख्नुहोस्।

17) पारो थर्मोमिटरबाट अत्यन्तै न्युन तापक्रम नाप्न सकिंदैन, किन?

18) अल्कोहल थर्मोमिटरबाट उम्लिरहेको पानीको तापक्रम नाप्न सकिंदैन, किन?

19) क्लिनिकल थर्मोमिटर भनेको के हो ? यसको सफा चित्र बनाउनुहोस्।

20) क्लिनिकल थर्मोमिटरमा कति देखि कति सम्म स्केल कोरिएको हुन्छ?

21) क्लिनिकल थर्मोमिटरमा बल्बनिर साँघुरो घाँटी बनाइएको हुन्छ, किन?

22) क्लिनिकल थर्मोमिटरको आकार कस्तो हुन्छ?

23) क्लिनिकल थर्मोमिटरको 4 ओटा विशेषताहरु लेख्नुहोस्।

24) प्रयोगशाला थर्मोमिटर ( Laboratory Thermometer ) भनेको के हो ? यसको सफा चित्र बनाउनुहोस्।

25) प्रयोगशाला थर्मोमिटरमा कति देखि कति सम्म स्केल कोरिएको हुन्छ?

26) प्रयोगशाला थर्मोमिटरमा यसभित्रको नलिलाई रौं जस्तै मसिनो बनाइएको हुन्छ, किन?

27) प्रयोगशाला थर्मोमिटरमा नलीभित्र पारोदेखि माथिको भागमा शुन्य बनाइएको हुन्छ, किन?

28) प्रयोगशाला थर्मोमिटरमा बल्बलाई पातलो बनाइएको हुन्छ, किन?

29) प्रयोगशाला थर्मोमिटरको 4 ओटा विशेषताहरु लेख्नुहोस्।

30) अधिकतम र न्युनतम थर्मोमिटर भनेको के हो ? यसको सफा चित्र बनाउनुहोस्।

31) अधिकतम र न्युनतम थर्मोमिटरमा कुनकुन तरल पदार्थहरुको प्रयोग गरिन्छ ? ति तरल पदार्थहरुको कार्य के के हो?

32) अधिकतम र न्युनतम थर्मोमिटरको आकार कस्तो हुन्छ?

33) अधिकतम र न्युनतम थर्मोमिटरमा प्रयोग गरिने सुचकको कार्य के हो?

34) अधिकतम र न्युनतम थर्मोमिटरका 4 ओटा विशेषताहरु लेख्नुहोस्।

35) विशिष्ट ताप धारण क्षमता भनेको के हो ? विशिष्ट ताप धारण क्षमताको शुत्र र एकाइ लेख्नुहोस्।

36) वस्तुको विशिष्ट ताप धारण क्षमता र यसको तापक्रम घट वा बढ हुने दरमा के सम्बन्ध हुन्छ?

37) मोटरकारको तातो इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ, किन?

38) धेरै ज्वरो आएको मानिसको शरीरभरि पानीपट्टी लगाइन्छ, किन?

39) हट वाटर ब्यागमा भरी शरीर तताउन पानीकै प्रयोग गरिन्छ, किन?

40) मरुभूमिमा राती निकै चिसो र दिउसो निकै गर्मी हुन्छ, किन?

41) समुन्द्र वरिपरिको क्षेत्रमा प्रायः तापक्रम एकनास रहन्छ, किन?

42) पानीको विशिष्ट ताप धारण क्षमता 4200 J/kg°c हुन्छ भन्नुको अर्थ के हो?

43) पानीको विशिष्ट ताप धारण क्षमता 4 °C मा सवैभन्दा बढी हुन्छ, किन?

44) पानीको विशिष्ट ताप धारण क्षमता सवैभन्दा बढी हुनुको 4 फाईदाहरु लेख्नुहोस्।

45) निम्न वस्तुको विशिष्ट ताप धारण क्षमता कति कति हुन्छ?

सिसा, पारो, चादी, पित्तल, तामा, स्टिल, फलाम, काँच, बालुवा, आल्मुनियम, पेट्रोल, बनस्पति तेल, बरफ, मट्टीतेल, अल्कोहल, पानी।

46) ताप समीकरण भनेको के हो?

47) प्रमाणित गर्नुहोस् : Q=msdt

48) तातो चिया बिस्तारै सेलाएर चिसो हुन्छ, किन?

49) 5 Kg पानीको तापक्रम 17 °C देखि 25 °C पुर्याउन कति तापशक्ति आवश्यक पर्छ?( पानीको वि. ता. क्ष. 4200 J/Kg °C छ।)

50) जाडो मौसम भएकोले पानीको तापक्रम 5 °C छ। नुहाउनको लागि 20 लिटर पानी 35 °C सम्म तताउनु पर्यो भने कति ताप चाहिन्छ? ( पानीको वि. ता. क्ष. 4200 J/Kg °C छ।)

51)  यदि 30 °C तापक्रम भएको 20 Kg पानीलाई 4200 KJ तापशक्ति दिइयो भने उक्त पानीको तापक्रम कति पुग्छ?

52) यदि 2 Kg पिण्ड भएको तामाको डल्लोलाई 60 °C बाट 600 °C सम्म तताउन 433.2 KJ ताप आवश्यक पर्दछ भने तामाको वि. ता. क्ष. कति छ?

53) 1.2 KW को हिटरले 1.8 Kg पिण्ड भएको वस्तुलाई 45 °C बाट 50 °C सम्म तताउन 1 मिनेट 20 सेकेन्ड लाग्छ भने सो वस्तुको वि. ता. क्ष. कति होला?

54) नुहाउनको लागि 8 °C तापक्रमको 20 लिटर  चिसो पानी र 90 °C तापक्रमको 10 लिटर तातो पानी मिसाउँदा मिश्रित पानीको तापक्रम कति हुन्छ?( पानीको वि. ता. क्ष. 4200 J/Kg °C छ।)

55) 250 gm को तातो फलामको डल्लोलाई 12 °C को 2 लिटर पानीमा डुबाउँदा पानीको तापक्रम बढेर 26 °C पुग्यो भने फलामको डल्लोको सुरुको तापक्रम कति होला?

56) तिन ओटा धातुहरु A, B र C को विशिष्ट ताप धारण क्षमता क्रमशः 234 J/Kg °C, 460 J/Kg °C र 900 J/Kg °C छ। यदि तिनओटै धातुको पिण्ड र तापक्रम समान छ भने बराबर ताप दिंदा कुन धातुको तापक्रम सबभन्दा बढी र कुन धातुको तापक्रम सबैभन्दा कम हुन्छ? किन? मानौ, यि तिनओटै धातुको समान पिण्ड लिएर छुट्टाछुट्टै तताइ प्रत्येकको तापक्रम 200 °C पुर्याइयो र मैनको स्ल्यावमा राखियो भने कुन धातुले सबै भन्दा बढी मैन पगाल्छ? किन?

Leave a Reply