Contact: (977) 9819267790
चाप (Pressure)

चाप (Pressure)

1) चाप (Pressure) भनेको के हो ? चापको सुत्र र एकाई लेख्नुहोस्।

2) ब्लेज पास्कलको जन्म कहिले र कहाँ भएको थियो?

3) पास्कलको नियम लेख्नुहोस्। यस नियममा आधारित सुत्र र कुनै 3 उपकरणहरुको नाम लेख्नुहोस्।

4) हाईड्रोलिक प्रेसको नमुना चित्र बनाउनुहोस । यसको कुनै 3 कार्य लेख्नुहोस्।

5) हाईड्रोलिक प्रेसले बललाई कसरी प्रवर्द्धन गर्छ ? प्रष्ट पार्नुहोस्।

6) उर्ध्वचाप भनेको के हो ? यसको सुत्र र एकाई लेख्नुहोस्।

7) तरल पदार्थले दिने उर्ध्वचाप के के कुरामा निर्भर गर्छ?

8) उर्ध्वचाप र तरलको घनत्व बिच कस्तो सम्बन्ध हुन्छ ? प्रष्ट पार्नुहोस्।

9) हावामा भन्दा पानीमा बस्तुको तौल कम हुन्छ, किन?

10) एउटा अण्डालाई पालैपालो ताजा पानी र नुनपानीको घोलमा राख्दा के हुन्छ, किन?

11) पोखरीको पानीमा भन्दा समुन्द्रको पानीमा पौडिन सजिलो हुन्छ, किन?

12) इनारबाट पानी तान्दा पानी भित्र छउन्जेल बाल्टिन उचाल्न सजिलो हुन्छ तर पानी बाहिर गाह्रो हुन्छ, किन?

13) एउटा भकुण्डोलाई पानीमा दबाउँदा पनि पानी भित्र जाँदैन, किन?

14) आर्किमिडिजको सिद्धान्त लेख्नुहोस् । यस सिद्धान्तसँग सम्बन्धित कुनै 3 उपकरणहरुको नाम लेख्नुहोस्।

15) के आर्किमिडिजको सिद्धान्त ग्यास पदार्थमा पनि लागु हुन्छ, प्रष्ट पार्नुहोस्।

16) आर्किमिडिजको सिद्धान्त सचित्र व्याख्या गर्नुहोस्।

17) प्लवनको नियम लेख्नुहोस् । यस नियमसँग सम्बन्धित कुनै 3 उपकरणहरुको नाम लेख्नुहोस्।

18) प्लवनको सिद्धान्त सचित्र व्याख्या गर्नुहोस्।

19) फलामको किला पानीमा डुब्छ तर सोहि फलामले बनेको पानी जहाज कैयौं टन लोड बोकेर पनि पानीमा उत्रिन्छ, किन?

20) वायुमण्डल भनेको के हो?

21) वायुमण्डलीय चाप भनेको के हो ? यसका कुनै 3 ब्यबहारिक प्रयोग लेख्नुहोस्।

22) स्टान्डर्ड वायुमण्डलीय चाप भनेको के हो?

23) हवाईजहाज निकै उचाईबाट उडेता पनि यस भित्र सजिलै श्वासप्रश्वास गर्न सकिन्छ, किन?

24) ब्यारोमिटर भनेको के हो यसको नमूना चित्र  बनाउनुहोस्।

25) टोरिसेलिको शुन्यता भनेको के हो?

26) सिरिन्जको सफा चित्र बनाएर प्रमुख भागहरुको नाम लेख्नुहोस्।

27) सिरिन्जको प्रमुख 2 कार्य लेख्नुहोस्।

28) हावा दिने पम्प ( Air Pump ) को सफा चित्र बनाएर प्रमुख भागहरुको नाम लेख्नुहोस्।

29) प्रेसर गजको उपयोगिता लेख्नुहोस्।

30) पानी तान्ने पम्पको सफा चित्र बनाएर प्रमुख भागहरुको नाम लेख्नुहोस्।

31) हाइड्रोलिक प्रेसमा यदि नली A र B को क्रस सेक्सनको क्षेत्रफल क्रमशः 0.5 वर्ग मिटर र 10 वर्ग सेन्टिमिटर  छ भने नली B मा रहेको 1000 N लोड सन्तुलन गर्न नली A मा कति इफोर्ट लगाउनु पर्छ?

32) एक टुक्रा ढुङ्गालाई तिन फरक माध्यमहरु A, B र C मा जोख्दा यसको तौल क्रमशः 13N, 17N र 22N भयो। यदि ति माध्यमहरु हावा, पानी र नुनपानी थिए भने,
i)  माध्यम B के हो?
ii) ढुङ्गालाई C माध्यममा जोख्दा कति उर्ध्वचाप पर्छ?
iii) ढुङ्गाको पिण्ड कति रहेछ?

Leave a Reply