Contact: (977) 9819267790
जीवहरु (Living Beings)

जीवहरु (Living Beings)

1) बिरुवा र जनावर बिच कुनै 4 फरक लेख्नुहोस्।

=> i) बिरुवामा हरितकण हुन्छ तर जनावरमा हरितकण हुँदैन।

=> ii) बिरुवाको वृद्धि जीवनकालभरि हुन्छ तर जनावरको वृद्धि निश्चित समय सम्म मात्र हुन्छ।

=> iii) बिरुवामा सामान्य स्तरको चेतना हुन्छ तर जनावरमा उच्च स्तरको चेतना हुन्छ।

=> iv) बिरुवाहरु स्वपोषीत हुन्छन् तर जनावरहरु परपोषीत हुन्छन्।

2) पानीमा पाइने जनावर माछाका कुनै 4 गुणहरु लेख्नुहोस्।

=> i) टाउको थेप्चो, पुच्छर लाम्चो र शरीर वायुयान जस्तो हुन्छ।

=> ii) शरीर कत्लाले ढाकेर हुन्छ।

=> iii) गिल्सद्वारा सास फेर्छन्।

=> iv) फिन्सको सहायताले पौडिन्छन्।

3) चिसो ठाँउमा पाइने जनावर चौंरीका कुनै 2 गुणहरु लेख्नुहोस्।

=> i) शरीर रौंले ढाकिएको हुन्छ।

=> ii) खुट्टा छोटा हुन्छन्।

4) मरुभूमिमा पाइने जनावर उंटका कुनै 3 गुणहरु लेख्नुहोस्।

=> i) छाला बाक्लो हुन्छ।

=> ii) शरीरमा पानी जम्मा गर्ने थैली हुन्छ।

=> iii) पिठ्युँमा भएको जुरोमा खाद्यपदार्थ जम्मा गर्छ।

5) माउसुली घरको भित्ता र सिलिङमा सजिलैसँग हिंड्न सक्छ, किन?

=> माउसुलीको खुट्टामा टाँसिने प्याड (Adhesive Pad) हुन्छ, त्यसैको सहायताले माउसुली घरको भित्ता र सिलिङमा सजिलैसँग हिंड्न सक्छ।

6) रुखमा बस्ने जनावर बाँदरमा पाइने कुनै 2 ओटा गुणहरु लेख्नुहोस्।

=> i) छातीको मांसपेशी दरिलो हुन्छ।

=> ii) अगाडिको हातहरु रुखको हाँगा समात्न अनुकुल किसिमको हुन्छ।

7) दुलो भित्र बस्ने जनावर मुसामा पाइने कुनै 2 ओटा गुणहरु लेख्नुहोस्।

=> i) तिखा र बलिया नङ हुन्छन्।

=> ii) चुच्चो परेको बलियो थुतुनो हुन्छ।

8) हावामा उड्ने जनावर चरामा पाइने कुनै 8 ओटा गुणहरु लेख्नुहोस्।

=> i) मुख चुच्चो परेको हुन्छ। मुखमा दात हुँदैन।

=> ii) शरीर प्वाँख र भुत्लाले ढाकिएको हुन्छ।

=> iii) शरीर हलुका हाडले बनेको हुन्छ।

=> iv) शरीर भित्र हावाका थैली हुन्छन्।

=> v) उड्नको लागि एक जोर पखेटा हुन्छ।

=> vi) अण्डा पार्छन्। भित्री प्रजनन हुन्छ।

=> vii) फोक्सोबाट सास फेर्छन्।

=>viii) छातीको मांसपेशी दरिलो हुन्छ।

9) हाइड्रोफाइट भनेको के हो?

=> पानीमा पाइने बिरुवाहरुलाई हाइड्रोफाइट भनिन्छ। जस्तैः हाइड्रीला, लोटस, जलकुम्भी आदि।

10) पानीमा पाइने बिरुवाका कुनै 5 साझा गुणहरु लेख्नुहोस्।

=> i) जरा कमजोर हुन्छ।

=> ii) काण्ड नरम र लचकदार हुन्छ।

=> iii) काण्डलाई मैनजस्तो पदार्थले ढाकिएको हुन्छ।

=> iv) पानीमा तैरिने बिरुवाका पातहरु लामा रिबन जस्ता वा ठुला फराकिला हुन्छन् तर सधैं पानी भित्र रहने बिरुवाका पातहरु स-साना हुन्छन्।

=> v) यि बिरुवामा हावा संचित गर्ने तन्तु हुन्छन्।

11) ओसिलो र गर्मी ठाँउमा पाइने बिरुवाका कुनै 2 गुणहरु लेख्नुहोस्।

=> i) बिकसित जरा र कडा काण्ड हुन्छ।

=> ii) अग्ला र टुप्पातर्फ झुम्म परेका हुन्छन्।

12) जेरोफाइट्स भनेको के हो?

=> सुख्खा र गर्मी ठाउँमा पाइने बिरुवालाई जेरोफाइट्स भनिन्छ। जस्तैः सिउँडी, घिउकुमारी आदि।

13) सुक्खा र गर्मी ठाँउमा पाइने बिरुवाका कुनै 2 गुणहरु लेख्नुहोस्।

=> i) जमिनको धेरै गहिराइमा पुगेका लामालामा जरा हुन्छन्।

=> ii) बाक्लो बोक्रा, गोलो डाँठ भएका पोथ्रे बिरुवा हुन्छन्।

=> iii) बाक्ला र ससाना पात हुन्छन्।

14) ओसिलो र छाया पर्ने ठाँउमा पाइने बिरुवाका कुनै 2 गुणहरु लेख्नुहोस्।

=> i) प्रायः यिनीहरु अपुष्पक हुन्छन्।

=> ii) यिनीहरुमध्ये केही रुखको हाँगामा, सुकेको काठमा र चट्टानको माझमा हुर्कन्छन्।

15) कोनिफेरस बिरुवा भनेर कस्ता बिरुवालाई भनिन्छ? यिनीहरू कहाँ पाइन्छन्?

=> कोनजस्तो आकार भएका बिरुवालाई कोनिफेरस बिरुवा भनिन्छ।

जस्तैः सल्ला, धुपी, साइकस आदि।

=> यिनीहरू चिसो ठाउँ वा उच्च हिमाली क्षेत्रमा पाइन्छन्।

16) चिसो ठाँउमा पाइने बिरुवाका कुनै 2 गुणहरु लेख्नुहोस्।

=> i) पातहरु लाम्चा र चुच्चो परेका हुन्छन्।

=> ii) यी बिरुवा कोन जस्तो आकारका हुन्छन्।

17) एक वर्षे बिरुवा भनेर कस्ता बिरुवालाई बुझिन्छ?

=> एक मौसम (seasons) मात्र आयु भएका बिरुवालाई एक वर्षे बिरुवा भनिन्छ। जस्तै : तोरी, धान, केराउ आदि।

18) दुई वर्षे बिरुवा भनेर कस्ता बिरुवालाई बुझिन्छ?

=> दुई मौसम (seasons) मात्र आयु भएका बिरुवालाई दुई वर्षे बिरुवा भनिन्छ । जस्तै: गाजर, सलगम, मूला, बन्दा आदि।

19) बहु वर्षे बिरुवा भनेर कस्ता बिरुवालाई बुझिन्छ?

=> दुई वा बढी वर्ष बाँच्ने बिरुवालाई बहु वर्षे बिरुवा भनिन्छ । जस्तै: आँप, लिची, स्याउ, सुन्तला आदि।

20) एक दलीय बिरुवा (Monocotyledonous) भनेर कस्ता बिरुवालाई बुझिन्छ?

=> बिउमा एउटा मात्र दल भएका बिरुवालाई एक दलीय बिरुवा भनिन्छ । जस्तैः धान, मकै, गहुँ, कोदो, प्याज, लसुन, खर घाँस आदि।

21) एक दलीय बिरुवाका कुनै 4 गुणहरु लेख्नुहोस्।

=> i) गुच्छे जरा हुन्छ।

=> ii) काण्ड खोक्रो र कमजोर हुन्छ।

=> iii) पात लामा र पातका नसा समानान्तर हुन्छन्।

=> iv) बिउमा एउटा मात्र दल हुन्छ।

22) दुई दलीय बिरुवा (Dicotyledonous) भनेर कस्ता बिरुवालाई बुझिन्छ?

=> बिउमा दुई ओटा दल भएका बिरुवालाई दुई दलीय बिरुवा भनिन्छ। जस्तैः तोरी, केराउ, आँप आदि।

23) दुई दलीय बिरुवाका कुनै 4 गुणहरु लेख्नुहोस्।

=> i) मूल जरा हुन्छ। त्यसबाट सहायक जरा निस्केका हुन्छन्।

=> ii) काण्ड खँदिलो हुन्छ।

=> iii) पात फराकिला र पातका नसा जालीदार हुन्छन्।

=> iv) बिउमा दुई ओटा दल हुन्छ।

24) प्रोटोजोवाका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर एउटा मात्र कोषबाट बनेको हुन्छ।

=> ii) प्रजनन क्रिया कोष बिभाजनबाट हुन्छ।

=> iii) नक्कली खुट्टा, सिलिया वा फ्लाजेलाको सहायताले हिँडडुल गर्छन्।

=> iv) सम्पूर्ण कार्य एउटै कोष भित्र सम्पादित हुन्छ।

जस्तैः अमिबा, पारामेसियम, युग्लिना आदि।

25) पोरीफेराका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर धेरै कोषबाट बनेको हुन्छ।

=> ii) शरीरभरि छिद्रहरु हुन्छन्।

=> iii) पानीभित्र कुनै वस्तुमा टाँसिएर रहन्छन्।

=> iv) शरीर डिपोब्लास्टिक हुन्छ।

जस्तैः स्पन्ज, साइकोन आदि।

26) सिलन्टरेटाका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर भित्र खोक्रो नली सेलेन्टेरोन हुन्छ।

=> ii) मुखको वरिपरि धागोजस्तो टेन्टाकल्स हुन्छन्। जसले हिँडडुल गर्न र खाना मुख भित्र लैजान मद्दत गर्छ।

=> iii) मुख हुन्छ तर मलद्वार हुँदैन।

=> iv) शरीर डिपोब्लास्टिक हुन्छ।

जस्तैः हाइड्रा, जेलिफिस मुगा आदि।

27) प्लेटिहेल्मिन्थेसका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर चेप्टो आकारको हुन्छ।

=> ii) मुखमा चुसक हुन्छ तर मलद्वार हुँदैन।

=> iii) प्रायः परजीवी हुन्छन्।

=> iv) शरीर नरम कोषहरुको तहले बनेको हुन्छ।

जस्तैः टेपवर्म, लिभरफ्लुक आदि।

28) नेमाथेल्मेन्थेस्का कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर डोलो नली आकारको र दुबै छेउतिर टुप्पो परेको हुन्छ।

=> ii) मुख, मलद्वार र चुसक हुन्छ।

=> iii) प्रायः परजीवी हुन्छन्।

=> iv) भाले र पोथी अलगअलग हुन्छन्।

जस्तैः पेटमा पर्ने जुका, हुकवर्म आदि।

29) एनिलिडाका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) शरीर डोलो नली आकारको खण्ड खण्ड परेको हुन्छ।

=> ii) छाला नरम र रसिलो हुन्छ।

=> iii) प्रायः ओसिलो जमिनमा पाइन्छन्।

=> iv) यिनीहरू उभयलिङ्गी हुन्छन्।

जस्तैः गड्यौला, जुका(Leech) आदि।

30) आर्थोपोडा कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) टाउको, छाती र पेट गरी शरीर तिन खण्डमा बिभाजित हुन्छ।

=> ii) खुट्टा खण्ड खण्ड परी जोडिएर रहेको हुन्छ।

=> iii) भाले र पोथी छुट्टाछुट्टै हुन्छन्। भित्री गर्भधारण हुन्छ।

=> iv) फुल, लार्भा, प्युपा र बयस्क गरी जीवन चक्र 4 चरणमा पुरा हुन्छ।

जस्तैः लामखुट्टे, पुतली, साङ्लो, झिंगा, कमिला आदि।

31) मोलस्काका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) नरम शरीर भएका तर केहीकेहीमा कडा आवरणले समेत ढाकिएका हुन्छ।

=> ii) मांसपेशीले बनेका खुट्टा हुन्छ।

=> iii) भाले र पोथी छुट्टाछुट्टै हुन्छन्।

=> iv) टाउकोमा टेन्टाकल्स हुन्छ।

जस्तैः शङ्खेकीरा, सिपी,ओक्टोपस आदि।

32) एकिनोडर्माटाका कुनै 4 गुणहरु लेख्न्होस्।

=> i) क्याल्सियम कार्बोनेटले बनेको कडा आवरणले शरीर ढाकिएको हुन्छ।

=> ii) नली खुट्टा हुन्छ।

=> iii) भाले र पोथी छुट्टाछुट्टै हुन्छन्।

=> iv) समुन्द्रमा मात्र पाइन्छन्।

जस्तैः तारेमाछा, सिअर्चिन, सिकुकम्बर आदि।

Leave a Reply