Contact: (977) 9819267790
केही उपयोगी रसायनहरु (Some Useful Chemicals)

केही उपयोगी रसायनहरु (Some Useful Chemicals)

1) दैनिक जीवनमा प्रयोग गरिने कुनै पाँच ओटा रसायनहरुको नाम लेख्नुहोस्।

=> i) खाने सोडा

=> ii) चुक

=> iii) चिनी

=> iv) घिउ

=> v) खाने नुन

2) दिइएका रसायनहरुको रासायनिक नाम लेख्नुहोस्।

=> i) खाने सोडा = सोडियम बाईकार्बोनेट।

=> ii) चुक = साइट्रीक अम्ल।

=> iii) चिनी = सुक्रोज।

=> iv) घिउ = ट्राइग्लाइसेराइड।

=> v) खाने नुन = सोडियम क्लोराइड।

3) हामीले प्रयोग गर्ने रसायनहरुको मुख्य स्रोत के हो?

=> हामीले प्रयोग गर्ने रसायनहरुको मुख्य स्रोत प्रकृतिमा पाइने वनस्पति र खनिज पदार्थहरु हुन्।

4) खाने सोडाको कुनै दुई उपयोगिता लेख्नुहोस्।

=> i) यो पाउरोटी, केक र बिस्कुट फुलाउन बेकरी उद्योगहरुमा प्रयोग गरिन्छ।

=> ii) यो नरम पेय पदार्थ बनाउन प्रयोग गरिन्छ।

5) चुकको कुनै दुई उपयोगिता लेख्नुहोस्।

=> यो विभिन्न किसिमका अचारहरु बनाउन प्रयोग गरिन्छ।

=> यसले अचारहरु धेरै दिनसम्म संरक्षित राख्न मद्दत पुर्याउँछ।

6) चिनीको कुनै दुई उपयोगिता लेख्नुहोस्।

=> i) विभिन्न गुलियो स्वादका पेय पदार्थ बनाउन प्रयोग गरिन्छ।

=> ii) खानेकुराहरु संरक्षण गर्न प्रयोग गरिन्छ।

7) घिउको कुनै दुई उपयोगिता लेख्नुहोस्।

=> i) भिटामिनहरु A, D, E र K लाई शरीरमा सोसेर लिनका लागि घिउ आवश्यक पर्छ।

=> ii) घिउ खानाले शरीरलाई आवश्यक शक्ति प्राप्त हुन्छ।

8) खाने नुनको कुनै दुई उपयोगिता लेख्नुहोस्।

=> i) खाने कुराहरुमा स्वादको लागि प्रयोग गरिन्छ।

=> ii) माछा, मासु र अचार आदि खाद्य पदार्थ संरक्षित राख्न प्रयोग गरिन्छ।

9) चुक कसरी तयार गरिन्छ?

=> कागती, ज्यामीर, निबुवा आदि अमिलो फलको रसलाई आगोमा पकाएर चुक तयार गरिन्छ।

10) चुकको स्वाद कस्तो हुन्छ?

=> चुकको स्वाद अमिलो हुन्छ।

11) चिनी के बाट तयार पारिन्छ?

=> उखुको रस र सखरखण्डबाट चिनी तयार पारिन्छ।

Note: भुइँकटहर, अङ्गुर, केरा, आँप आदि फलफुलहरुमा केही मात्रामा चिनी पाइन्छ। हाम्रो शरीरको रगतमा पनि केहि मात्रामा ग्लुकोजका रुपमा चिनी पाइन्छ।

12) विभिन्न पेय पदार्थमा चिनीको प्रयोग गरिन्छ, किन?

=> स्वाद गुलियो हुने र पानीमा सजिलै घुलिने भएकोले विभिन्न पेय पदार्थमा चिनीको प्रयोग गरिन्छ।

13) डाल्डा घिउ भनेको के हो?

=> विभिन्न रासायनिक प्रतिक्रिया गरि वनस्पति तेलबाट बनाइने घिउलाई डाल्डा घिउ भनिन्छ।

14) धेरै मात्रामा घिउ खाएमा के हुन्छ?

=> धेरै मात्रामा घिउ खाएमा यो बोसोमा परिणत हुन्छ।

15) खाने नुनको स्वाद कस्तो हुन्छ?

=> खाने नुनको स्वाद नुनिलो हुन्छ।

16) खाने नुनको मुख्य स्रोत के हो?

=> खाने नुनको मुख्य स्रोत समुद्रको पानी हो।

17) आयोडिनयुक्त नुनको फाइदा लेख्नुहोस्।

=> आयोडिनयुक्त नुन खानाले बच्चाहरु फुर्तिलो हुनुका साथै गलगाँड हुनबाट बचाउँछ।

Leave a Reply